काठमाडौँ – आजदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर लामो तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न थालेका हुन् ।


ADVERTISEMENT


शुक्रवार काठमाडौँ उपत्यकाका सीडीओहरुको बैठकले लामो दूरीका सवारी पनि चल्न दिने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


प्रशासनले अनिवार्य रुपमा टिकटमा मात्र यात्रु बोक्न निर्देशन दिएको छ । विश्वविद्यालय तथा विभिन्न आयोग तथा संस्थानका परीक्षाका लागि प्रशासनले लामो दूरीका यातायात खोल्ने निर्णय गरेको हो ।