काठमाडौँ – गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालले निर्यातमा राम्रो सुधार गरेको छ ।


ADVERTISEMENT


अन्तरराष्ट्रिय व्यापारमा आयात निरुत्साहन गर्ने निर्यात प्रवर्द्वन गर्ने सरकारी नीतिअनुसार वर्षको शुरुदेखि निर्यात सकारात्मक देखिएकोमा उक्त वर्ष ४४ प्रतिशतले निर्यात बढेको छ ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७६/७७ मा नेपालले ९७ अर्ब ७१ करोडको नेपाली माल निर्यात भएकोमा गएको आर्थिक वर्ष निर्यात १ खर्ब ४१ अर्बको निर्यात भएको हो । यो हालसम्मकै उच्च निर्यात हो । यस वर्ष पहिलोपटक नेपालको निर्यात १ खर्ब नाघेको छ ।