काठमाडौँ – सरकारले आयात घटाएर निर्यात बढाउने नीति लिएपनि वैदेशिक व्यापार घाटा भने वर्षेनी बढ्दो छ । सरकारले वैदेशिक व्यापार सन्तुलनको नीति अख्तियार गरेपनि आयातअनुसार निर्यात बढाउन नसक्दा व्यापार घाटा बढ्दो क्रममा देखिन्छ ।


ADVERTISEMENT


गएको आर्थिक वर्ष २०७७/७८ मा नेपालको वैदेशिक व्यापार घाटा २७ प्रतिशतले बढेको छ । वर्षको शुरुआती चरणमा व्यापार घाटा घटेको देखिएपनि पुनः बढ्दै गएको देखिएको हो ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७६/७७ मा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ९९ अर्ब रहेकोमा गएको आव २०७७/७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्बको व्यापार घाटा भएको छ । आयातमा आधारित अर्थतन्त्र भएकाले निर्यात ४४ प्रतिशतले बढेको देखिएपनि आयात २८ प्रतिशतले बढ्दा व्यापार घाटा ह्वात्तै बढेको हो ।