काठमाडौँ –नाफा तथा लाभांश क्षमता तथा व्यापारका हिसाबले बैंकिङ क्षेत्रमा बलियो प्रभुत्व जमाएको नवील बैंक शेयर बजारमा पनि उत्तिकै सशक्त भएर देखिएको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत कम्पनीमध्ये कुल बजार पूँजीकरणमा सबैभन्दा बढी कायम भएको छ ।
नेप्सेकाअनुसार नवीलको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब पुगेको छ, जुन सबैभन्दा उच्च हो । दोस्रो बजारमा कारोवार हुने कम्पनीहरुमा नवील यसअघि लामो समयसम्म दोस्रो नम्बरमा रहेको थियो ।


ADVERTISEMENT

# # #


हाल नवील बैंकको दोश्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत छ ।