काठमाडौँ – घरेलु क्रिकेट प्रतियोगिताको उत्पादन तथा प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच सम्झौता भएको छ ।


ADVERTISEMENT


क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरे । क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण अब एक्सन स्पोर्टबाट हुने कोषाध्यक्ष सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


सम्झौतानुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रसारणको अधिकार डिशहोमले पाएको छ । क्यानले झण्डै एक करोड बराबरको वार्षिक सम्झौता गरेको हो । रासस