काठमाडौँ– उपत्यकामा जारी निषेधाको अवधि पुनः थप हुने भएको छ । पछिल्लो हप्तादेखि कोरोना संक्रमण दरमा आएको वृद्विका कारण काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनै जिल्लामा फेरि निषेधाज्ञा थप गर्न लागिएको हो ।


ADVERTISEMENT


यसका लागि आज काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु आज बैठक बस्ने भएका छन् । कोभिड–१९ को दोस्रो लहर रोकथामका लागि अन्तिम पटक तोकिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिदैँछ ।


ADVERTISEMENT

# # #


बैठकमा निषेधाज्ञा थप गर्ने तयारीबारे निर्णय हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको भनाई छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भनेर उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । यद्यपि कोरोना संक्रमणको दर र सर्वसाधारणको सहजका लागि स्मार्ट लकडाउनको नाममा प्रशासनले अत्यावश्यक वस्तुहरुमा खुकुलो गर्दै आएको छ । यसक्रममा होटेल तथा रेष्टुरेष्टमा टेकअवे सेवा र अन्य पसलहरुलाई भने बेलुका ७ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

यसैगरि, असार २६ बाट सञ्चालनमा आएको छोटो दूरीको यात्रासंगै त्रिभुवन विश्व विद्यालय र लोक सेवा आयोगका परीक्षार्थीका लागि शनिवारबाट लामो तथा मध्यम दूरीको यात्राका लागि समेत सरकारले अनुमति दिएको छ । यद्यपि यसरी यात्रा गर्नेका लागि टिकट अनिवार्य गरिएको छ ।