काठमाडौँ– लामो समयदेखि बीमाका कार्यक्रममार्फत सेवा दिदैँ आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिकालाई लक्षित गर्दै नयाँ कार्यक्रम ल्याएको छ ।


ADVERTISEMENT


इन्स्योरेन्सले केटाकेटी शिक्षा र विवाह सार्वधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वधिक जीवन बीमाको कार्यक्रम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १ लाखदेखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमार्फत जनाएको छ ।

कम्पनीका अनुसार, उक्त सार्वधिक जीवन बीमालेखमा १ वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट २ वर्ष पूरा भएपश्चातु वा ७ वर्ष उमेर पूरा भएपश्चात् मात्र बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ हुनेछ । त्यसैगरि, बीमितको उमेर ८, ९ वर्ष भएमा १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०, ११ वर्ष भएमा बीमाको बार्षिकोत्सव मितिदेखि बीमालेख अन्तर्गतको जोखिम प्रारम्भ गरिने कम्पनीको भनाई छ ।

ग्राहकको सहजीकरणलाई मध्यनजर गर्दै पछिल्लो समय कम्पनीले बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

यस्तै, ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने कम्पनीले प्रतिबद्धता समेत यक्त गरेको छ ।