काठमाडौँ– फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरे बमोजि उनी सल्लाहकारको रुपमा नियुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


शनिवार संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफीको अनुभव संगाल्दै उच्च सफलता हासिल गरेका झाले उक्त अवसरमा बौल्दे सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाइनरका साथै फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताएका छन् ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष समेत रहेका झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्य–प्रगति विवरण पेश समेत गरेका थिए । यस्तै, उनले संघर्षरत दिनदेखि आजसम्म पनि उनलाई फेशन डिजाईनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको भन्दै उनीहरुप्रति आभार प्रकट गरे ।

कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ-आफ्नो मन्तव्य र धारणा राख्नुका साथै काउन्सिलको विगतका पाँच वर्षको उपलब्धि तथा कमी कमजोरीको समीक्षा गरेका थिए ।