काठमाडौँ– उपत्यकामा जारी निषेधाज्ञा थप १० दिनका लागि थपिएको छ ।


ADVERTISEMENT


आज काठमाडौँ, ललितपुर तथा भक्तपुरको तीनै जिल्लाका सीडीओबीच बसेको बैठकले सो निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


निषेधाज्ञाको अवधि लम्बिएपनि नियमहरु सोहि किसिमले नै यथावत् रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् । पछिल्लो हप्तादेखि कोरोना संक्रमण दरमा आएको वृद्विका कारण निषेधाज्ञामा थप गरिएको उनको भनाई छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भनेर उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेसम्मका लागि तोकिएको थियो ।