काठमाडौँ – नेपालीहरुको विभिन्न चाडपर्वहरुमा सांगितिक कोसेली पस्किँदै आएका सञ्चारकर्मी सुनिल कोइरालाले यस वर्षको तीजलाई लक्षित गरी “पीया राजै” तीज गीत बजारमा ल्याएका छन् ।


ADVERTISEMENT


“पीया राजै” गीतले जन्मघर तथा माईती घरको सम्झना र मायालाई गीतका पंक्तिद्धारा नारी मनोभाव व्यक्त गर्न खोजेको देखिन्छ । श्रीमान् र श्रीमतीको माया र विश्वासलाई पनि शब्दले कुशल ढंगले उनेको छ । गीतकार कोइरालाले विभिन्न विम्बहरुको प्रयोग गरी जीवनलाई सुन्दर र रमाईलो गरी कसरी जिउन सकिन्छ भन्ने सन्देश प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT

# # #


वास्तविक विम्बहरुको प्रयोग भएको यो गीत नारी, पुरुष सबैमा सकारात्मक चेतना फैलाउने उद्देश्यले सिर्जना गरिएको हो ।’ सुनिल भन्छन्, उत्तेजक, भड्किलो, निराशावादी र गाली गलौंच मात्र होईन गीतले समग्रताको आनन्द पनि बोल्नुपर्दछ भन्ने मान्यताको जगमा यो गीत रचना गरिएको हो ।’

गीतमा कम्पोज/एरेन्ज/मिक्सिङ्ग विपीन आयार्चको रहेको छ । आचार्यले सकेसम्म गीतलाई नाँचु–नाँचु लाग्ने खालको बनाएको बताए । “पीया राजै” गीतमा गंगा लामिछानेको स्वर रहेको छ भने यस गीतका निर्माता प्रधुम्न भट्टराई हुन् । गीतको भिडियो निर्देशन/कोरियोग्राफी प्रविन थापाले गरेका छन् भने रबिना भण्डारी, राजाराम सिम्खडाको मुख्य अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्: