काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको सो पक्षका नेताहरुले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


कोरोना महामारीलाई देखाउदै सो अवधीलाई शुन्य समय मानेर केही समय महाधिवेशन सार्ने प्रयत्न भइरहेकाले त्यस्तो हुन नसक्ने कांग्रेस नेता अर्जुन नरसिंह केसीले बताए । उनले स्थगित भएको वडा कमिटीको अधिवेशन पनि छिटो हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो भनाई के हो भने, कांग्रेसका क्रियाशील सदस्यताका लागि कुनै पनि साथीहरुमाथि अन्याय नहोस् । तर, प्रक्रिया कसैले पनि नमिचोस् । जुनसुकै पक्षबाट भए पनि त्यो सुधारिनुपर्छ ।’ महाधिवेशन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको बताउँदै उनले भने, ‘भदौ १९ गतेसम्म महाधिवेशन गरिसक्नुपर्ने छ । त्यसमा अन्यता गर्नुपर्ने अवस्था छैन ।’

कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ । भदौमा हुने महाधिवेशन पनि समयमै हुनेमा शंका उत्पन्न भएको छ ।