काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नवनियुक्त राज्यमन्त्री उमेश श्रेष्ठले पद बहाली गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनियताको शपथ लिएलगत्तै राज्यमन्त्री श्रेष्ठले मन्त्रालय पुगेर पदबहाली गरेका छन् ।


ADVERTISEMENT


पदबहालीपछि बोल्दै मन्त्री श्रेष्ठले व्यवस्थापकीय क्षमतालाई सुधार गर्दै कोरोनाविरुद्धको लडाईं तीव्र पार्ने बताए । उनले कोरोनाको तेस्रो भेरिन्टको लागि तयार रहनुपर्ने बताउँलै उनले जनतालाई खोपको सुनिश्चितता गरिने उल्लेख गरे ।


ADVERTISEMENT

# # #


‘नेपाली जनतालाई सबैभन्दा ठूलो कुरा खोप पाउँछु, म बाँच्छु भनेर आत्मविश्वास बढाउनु पर्यो ।’ मन्त्रालयका कर्मचारीलाई उनले भने, ‘म सारा चिज छोडेर, दिन भन्दिनँ, रात भन्दिनँ, तपाईंहरु भन्नुहोस्, जसरी हुन्छ सफलताका लागि म लाग्छु ।’

राज्यमन्त्री श्रेष्ठले आफूसँग निजी क्षेत्रमा सफलता हासिल गरेको अनुभव रहेकाले ठूल्ठूलो समस्या सहजीकरणका लागि आफूले नेतृत्व लिने बताए । उनले कोरोना महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि निजी क्षेत्रको स्रोत साधनलाई पनि उपयाृग गर्ने उनले बताए ।