काठमाडौँ – प्रतिनिधिसभाका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योगको मुद्दामा उच्च अदालतबाट समेत सफाइ पाएका छन् ।


ADVERTISEMENT


मंगलबार उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाई दिएको हो । उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट दायर रिटमा सुनुवाई भएको हो ।


ADVERTISEMENT

# # #


उच्च अदालतले काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो । सभामुख रहेका बेला महरामाथि संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । ती महिलाले महराविरुद्ध अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

सोही कारण महराले २०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । उनलाई प्रहरीले सभामुखको सरकारी निवासबाट पक्राउ गरेको थियो । तर,अदालतले काठमाडौं जिल्ला अदालतले सफाई दिएपछि उनी छुटेका थिए ।