अमेरीका- मोडर्नाले बालबालिकामा लगाइने कोभिड–१९ खोपको परीक्षण दायरा बढाउने भएको छ ।


ADVERTISEMENT


बालबालिकाको समूहलाई लक्षित गरेर लगाइने सो खोपको बारेमा बोल्दै सोमबार कम्पनीले तत्काल प्रयोगको आधिकारीकता नखोजी यसवर्षको अन्त्यसम्ममा नभए अर्काे(सन्२०२२) वर्षको शुरुवातीमा मात्रै खोप परीक्षणलाई अघि बढाइने जनाएको छ ।


ADVERTISEMENT

# # #


‘हामीले यस सम्बन्धमा सक्रिय रुपमा एफडिएसंग छलफल गरिहेका छौँ । हाम्रो उद्देश्य भनेको विरलै देखिने सम्भाव्य घटनाको वृहत् मात्रामा सुरक्षित तथ्यांकका आधारहरु कठ्ठा गर्नु हो’, मोडर्नाका प्रवक्ता रे जोर्डनले सीएनएनलाई भनेका छन्  ।

यसअघि ६ देखि १२ उमेर समुहका ६ हजार ७ सय ५० बालबालिकामा सो खोप परीक्षण गरेको थियो । यद्यपि मोडर्नाले अब भने कति बालबालिकामा सो खोपको परीक्षण गरिने हो? भन्नेबारे खुलाएको छैन ।

खोपका लागि यस वर्षको अन्तिम अथवा आगामी नयाँ वर्षको शुरुवातीको समय कुरेको बताउँदै जोर्डनले भने,‘पहिले नै १८ वर्ष र सोभन्दा माथि समूहका लागि अनुमति प्राप्त गरिसकेको यस खोप अब भने १२ देखि १७ उमेर समूहका लागि स्वीकृत गर्न खोजेका छौँ ।’

यस्तै, फाइजरले पनि बालबालिकामा आफ्नो खोप परीक्षणको दायरालाई बढाउन लागेको दि न्युयोर्क टाइम्सले सोमबार आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । फाइजर प्रतिनिधिले सीएनएनलाई बताएअनुसार, हालसम्म पहिले गरिएका बाल–कोभिड खोप परीक्षणको विवरण आउन बाँकी नै रहेको छ ।

यी दुई कम्पनीसंग परिचित विज्ञहरुले एफडिएलाई खोपको साइड इफेक्ट पहिचान गर्नका लागि परीक्षण दायरा निकै कम भएको बताएका थिए । यद्यपि एफडिएले भने सीएनएनले  यस विषयमा गरेको जिज्ञासामा तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन ।

फाइजरले  अमेरीका, फिनल्याण्ड, पोल्याण्ड र स्पेन गरी चार देशका ५–११ वर्ष उमेर समूहका कुल ४ हजार ५ सय ५–११ वर्ष उमेर समूहका बालकालिकामा कोभिड–१९ विरुद्वको खोप परीक्षण गरेको थियो ।

एजेन्सी– सीएनएन