काठमाडौँ – फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट०ले हरेक दिन एक लाख रूपैयाँजित्न सक्नेछन् । यस योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

योजनामा सहभागी हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागी हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आवद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत गरिने छ । योयोजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।