काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतालाई अघि बढाउन नहुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रावलले एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालको भएको भन्दै संसदबाट पारित नै नगरी अघि बढाउन नहुने बताएका हुन् । ‘एमसीसी सम्झौतामा भएका कतिपय व्यवस्थाहरु नेपालको संविधान, कानुनसँग बाझ्छन् । अरु देशसँग हामीले जसरी पारस्पारिक समानताको आधारमा ऋण, अनुदान लिनुपर्ने कुरालाई जसरी व्यवस्थित गर्नुपर्ने हो र गर्दै आएका छौँ, त्यो सँग बाझ्छन् ।’


ADVERTISEMENT

# # #


उनले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे । उनले रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे । उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा भए नभएको ख्याल गर्नुपर्ने धारणा राखे ।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उहाँले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे ।