काठमाडौँ – नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए ।


ADVERTISEMENT

# # #


उनले एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने बताए। उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन नसके एउटा प्रक्रियामा पुग्नैपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाईने संकेत गरे ।

चौधरीले आफ्नो समूह छिट्टै सरकारमा सहभागी हुने स्पष्ट पारे । ‘समानुपातिक प्रतिनिधित्व हुनेगरी सम्भवतः हामी ६ वटा मन्त्रालय लिने गरी सरकारमा उपस्थित हुन्छौँ ।’ उनले भने, ‘सकभर आजभोलि नै होला । नत्र हप्ता १० दिनभित्र टुंगिन्छ ।’

उनले आफूहरुले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने बताए । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेमात्रै नभएर नदिने सांसदहरुपनि आफूहरुसँग आउन उनको भनाइ छ ।