दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्जुलाले जयसिँह धामी तुईनबाट तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने खबरबारे सत्यतथ्य अनुसन्धान भईरहेको भन्दै भ्रम फैलाउने सूचना र समाचार सम्प्रेषण नगर्न आह्वान गरेको छ ।


ADVERTISEMENT


सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट (जोशी) द्धारा जारी प्रेस बिज्ञप्तीमा धामीका बिषयमा भारतीय एसएसबी जवानलाई जोडेर आएको समाचार प्रति ध्यानाकर्षण भएको बताईएको छ ।


ADVERTISEMENT

# # #


घटनाको वास्तविक सत्य तथ्य जानकारी गराई आवश्यक काविाही प्रकृया अघि बढाउन भारतीय पक्षलाई पत्राचार भईसकेको र घटना अनुसन्धान तथा छानबिनकै क्रममा रहेकाले सत्य तथ्य पुष्टि भईनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पर्ने कुनैपनि तथ्यहिन भ्रामक सूचना र समाचार प्रशारण नगर्न जिल्ला प्रशासन कायौलयले अनुरोध गरेको छ ।