दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ ।


ADVERTISEMENT


यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी जयसिंह धामीसहितका व्यक्तिहरू भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटी दिएकाले धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भनी प्रकाशित समाचारप्रति सीडीओ कार्यालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT

# # #


सीडीओ ज्योत्सना भट्टले भारतीय समकक्षीलाई पत्राचार समेत गरी घटनाको वास्तविक सत्यतथ्य जानकारी तथा खोज उद्दारको लागि एवं अनुसन्धान अघि बढाएकाले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने समाचार एवं सूचना प्रकाशन नगर्न अनुरोध गरेका हुन् ।

सो घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकाले सत्यतथ्य पुष्टि भई नसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना एवं समाचार प्रकाशित नगरिदिन उनले अनुरोध गरेकी छन् । रासस

 

 

No description available.