दार्चुला – तुइन तर्दै गर्दा चुँडिएर दार्चुलाका युवक खसेर बेपत्ता भएको दार्चुला घटनामा भातले भारतीय एसएबीको संलग्नता नरहेको बताएको छ ।


ADVERTISEMENT


शुक्रवारदेखि तुइनबाट भारत जाने क्रममा दार्चुलाका जयसिँह धामी तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडालिएदिएपछि उनी बेपत्ता भएको आरोप स्थानीयको छ ।


ADVERTISEMENT

# # #


तर उक्त घटनामा भारतीय एसएसबीको संलग्नता नभएको भन्दै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाएका छन् ।

पत्रमा लेखिएको छ, ‘गस्कुमा नेपाली लुकछिपी आउने क्रम गस्तीले सुनेको थियो । जयसिंहले तार फुकालेर नेपालको तर्फ फालिरहेका थिए । तार फाल्ने क्रममा अल्झिएर धामी नदीमा वेपत्ता भएका हुन् । यसमा एसएसबीको दोष छैन । तार फाल्ने क्रममै अल्झिएर नदीमा खसेका हुन्।’

बेपत्ता धामीको उद्वारका लागि भारतीय एसएसबीको टोलीले पनि काम गरिरहेको उक्त पत्रमा लेखिएको छ ।