काठमाडौँ– विभिन्न विवादमा मुछिदैँ आएका कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी मुछिएका डा. जागेश्वर गौतमलाई सो जिम्मेवारबाट मुक्त गरिएको छ । मन्त्रालयले उनको ठाउँमा डा. रुद्र मरासिनीलाई नियुक्त गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयमा सोमबार बसेका राज्यमन्त्रि  स्तरियको बैठकले डा गौतमलाई सो जिम्मेवारीबाट हटाउँदै उनको जिम्मेवारी डा. मरासिनीलाई सुम्पिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


डा. गौतममाथि पदमा नियुक्ती भएको दिनदेखी नै उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विवादमा तानिँदै आएका थिए ।

यस्तै, उनीमाथि आइतबार कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा कर्मचारी र उनीबीच भएको छलफलका क्रममा चर्काचर्की हुन थालेपछि उनले प्रहरी प्रशासन बोलाई स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटाएको आरोप समेत लागेको छ ।

यसै विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यससम्बन्धि छुट्टै समिति बनाएर आवश्यक अनुसन्धान थाल्ने बताएको थियो ।  हटाइएका डा. गौतम थापाथली प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा भएका छन् ।