काठमाडौँ – नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनाले माधव नेपाल समूह पनि ढिलो/चाँडो सरकारमा सहभागी हुने पनि दाबी गरे । उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सबैलाई समेटेर अघि बढ्न चाहेको धारणा राखे । उनले भने, ‘मन्त्रालयको संख्याको भागबण्डाका कारण सरकारमा सहभागी दलहरुमा अविश्वास नहोस् भनेर उहाँहरुलाई पूरै सन्तुष्ट पारेर कांग्रेस सरकारमा जान्छ ।’


ADVERTISEMENT

# # #


उनले कांग्रेसको क्रियाशील सदस्यताको विवादपनि समाधानको चरणमा रहेको बताए । महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिर/पुषसम्म सम्पन्न गरिसक्ने उनको भनाई छ ।

त्यस्तै एमाले नेता आनन्दप्रसाद पोखरेलले कांग्रेस, माओवादी केन्द्रलगायतको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिए । उनले माधव नेपाल पक्षले पार्टी र कम्युनिष्टलाई मात्र नभएर मुलुकलाई नै धोका दिएको तर्क गरे । आफूहरुले माधव नेपालले अघि सारेका ६ बुँद माग पनि पूरा गरेको र हुँदाहुँदै पार्टी एकताको लागि अध्यक्ष पनि दिन तयार भएको उनले बताए ।

साक्षात्कारमा जसपा कार्यकारिणी सदस्य सदस्य मनिष सुमनले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीेका तीन नेताले यथाशक्य चाँडो टुँगो लगाउने स्पष्ट पारे । नेता सुमनले सत्तापक्षीय गठबन्धनले छोटो छरितोमा सरकारको लागि साझा कार्यक्रम ल्याउनेपनि बताए ।

उनले आफूहरु तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिगमनकारी कदमकोविरुद्धमा कांग्रेस, माओवादी केन्द्रसँगै एउटै कित्तामा उभिएको र प्रतिगमनलाई अन्ततः परास्त गर्न सफल भएको धारणा राखे ।