काठमाडौँ– नेकपा एमालेका सांसद नवराज सिलवालले विद्युत् प्राधिकरण कुलमान घिसिङबाहेक अरुले हाँक्न सक्दैनन् भन्ने सोच न्यारेटिभ रहेको बताएका छन् ।


ADVERTISEMENT


बुधवार एक ट्विट गर्दै उनले कुलमाननबाहेक देशमा अरू कसैले प्रधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गर्न खोजिएको र यसले प्रणालीलाई असफलतातिर लैजाने बताएका हुन् ।


ADVERTISEMENT

# # #


ट्विटमा उनले लेखेका छन्, ‘कुलमान असल र व्यावसायिक व्यक्ति हुन। म उनको क्षमता माथि शंका गर्दिन । तर जुन ढंगले कुलमानबाहेक देशमा अरू कसैले प्रधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदै छ, यसले हाम्रा संस्थाहरू र प्रणालीलाई असफलता तिर लैजानेछ ।’ यसका साथै उनले अन्त्यमा समय मै सचेत बन्न समेत सुझाएका छन् ।

मंगलबार प्रधानमन्त्री देउवासंग भएको भेटमा ऊर्जामन्त्री पम्फा भुसालले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवासमक्ष ब्रिफिङ गरेकी थिइन् । त्यसलगत्तै देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न ठाडो निर्देशन दिएका थिए । सोहि अनुरुप निर्देशक शाक्यको ठाउँमा घिसिङलाई ल्याउने तयारी गरिएको हो ।

यसका लागि मंगलबार नै  भुसालले शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी छन् ।