काठमाडौँ– राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘उक्त विधेयकलाई पारित गरियोस्’ भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT


सो विधेयकलाई पारित गर्नुपूर्व बैठकमा विधेयकउपर विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद खिमलाल भट्टराई, कोमल वली र ठगेन्द्रप्रसाद पुरीले आ–आफ्नो धारणा राखेका थिए, भने छलफलमा उठेका प्रश्नको मन्त्री कार्कीले जवाफसमेत दिएका थिए। रासस