मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेकामा उपचारपछि उनीहरू सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौंबाट इलामका लागि आइरहेको बा ४ ख ६३५७ नम्बरको हायस माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर झरेको थियो । पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीका अनुसार दुर्घटना हुँदा घाइते भएका ११ जनाको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । बाँकी २ जना सामान्य छन् । चालक इलाम नगरपालिका–८ का जितबहादुर राईसमेत घाइते भइ स्थानीय मेडिकलमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा भएको माइक्रोमा काठमाडौंबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी भ्रमणका लागि इलाम आउँदै थिए । आजको नागरिकबाट