काठमाडौँ– राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयक पेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन २०७६/०७७’ सभामा पेश गरेका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोकसेवा आयोग विधेयक, २०७५’ सभासमक्ष टेबुल गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपराह्न १ बजे बस्नेछ । रासस