काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा सघाएकामा भूटानका नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।


ADVERTISEMENT


महामारीका बेला दूई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएर भूटानले प्रस्तुत गरेको मैत्रीभावको स्वागत गर्दै प्रधानमन्त्री देउवाले त्यहाँका नरेश जिग्मे खेसर नामग्याल वाङचुक र प्रधानमन्त्री डा लोटे छिरिङप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूटानी नरेश र प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दै उक्त सहयोगको बदलामा भविष्यमा नेपालले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोभिडको विश्वव्यापी महामारीको कठिन अवस्थामा सबै नेपालीलाई समयमै खोप लगाउने नेपाल सरकारको प्रतिबद्धताअनुरुप खोप प्राप्तिका लागि हरसम्भव विकल्प अपनाएर सरकारले खोप अभियानलाई निरन्तरता दिइरहेको छ । त्यसैसन्दर्भमा भूटानबाट प्राप्त खोप आज काठमाडौँ ल्याइएको हो ।