सिरहा – जसपा नेपाल महन्थ ठाकुर पक्षले आफ्नो घोषित कार्यक्रम अनुसार सिरहा जिल्लाको सदरमुकाममा रहेको समीक्षालय हलमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ ।


ADVERTISEMENT


पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकोमा कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा प्रदेश सांसद जैनुल राईन, कार्यकारिणी सदस्य डा. सुरेन्द्र झा रहेका थिए भने कार्यक्रम को अध्यक्षता रामदयाल यादवले गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा शैलेन्द्र ठाकुर , रामदयाल यादव , सरबनरायण झा, सबकी देबि दास , राकेश झा लगायतको उपस्थिति थियो ।

मन्त्री उमाशंकरले पार्टी मा एक व्यक्तिको हैकम समाप्त गर्नुपर्ने बताएकोमा उपेन्द्र मन्त्री हुँदा छोरालाई पीए बनाएकोमा सरकारमा जाँदा बाउ मन्त्री अनि छोरा पिए बनाउने प्रवृतिको विरोध गर्नुपर्ने बताए । नेता झाले आफू पार्टीको सुद्धिकरणमा लागेको लागेको बताएका थिए । यस्तै उनले जसपा उपेन्द्रले नभई महन्थले बनाएको बताएका थिए । पार्टीका गलत प्रवृत्तिको विरोध गर्दै भ्रष्टाचार अन्त्यका लागि एकजुट हुनुपर्छ, उनले बताए ।