झापा– जिल्लामा प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


शनिबार  गौरिगंज गाउँपालिका– ४ कदमगाछि स्थित सशस्त्र प्रहरी बलको सयुँक्त प्रहरी टोलीले शंका लागी चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिडिरहेका दुई महिलालाई ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ बस्ने वर्ष ३४ कि मञ्‍जु धिमाल र ऐ.ऐ. बस्ने वर्ष २५ कि बिमला धिमाल रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

उनीहरुबाट सो लागुऔषध संवेदनशिल अंगमा लुकाएको अवस्थामा बरामद गरेको जानकारी प्रहरी नायब उपरीक्षक तथा सुचना प्रवक्ता राकेश थापाले जनाकारी दिए ।

हाल पक्राउ परेका दुवै जनालाई थप आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी इलाका गौरीगंजमा राखिएको छ । यस्तै, उनीहरुलाई निजहरुलाई जिल्ला अदालत, झापाबाट म्याद थप अनुमती लिई थप कानुनी प्रकृया अगाडि बढाईने प्रवक्ता थापाले बताए ।