काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्र्तगत हुने परीक्षा सम्बन्धि आवश्यक छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको उच्च स्तरीय बैठक हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित जारी छ ।


ADVERTISEMENT


कोभिड–१९ संक्रमणको उच्च जोखिमबीच पनि परीक्षा सञ्चालन गरिएको र यससंगै शारीरिक उपस्थितिमा नै कक्षा १२ को समेत गर्न लागिएको भन्दै विद्यार्थीसहित अन्यबाट चौतर्फी आलोचना भएपछि यससम्बन्धि आवश्यक छलफलका लागि बोर्डले बैठक तय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा सञ्चालन भइराखेका परीक्षालाई सुरक्षाका हिसाबले कसरी व्यवस्थित बनाउने? र बाँकी अन्य परीक्षालाई कसरी अगाडि बढाउने? भन्ने विषयमा आवश्यक छलफल गरिने बताइएको छ ।

यसअघि कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको थियो । यस्तै, शुक्रवार साँझ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको सुचना एक ट्वीटमार्फत् जानकारी गराएका छन् ।