काठमाडौँ – क्यानले भारतीय मूलका राकेश गोहिललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको ‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ ।


ADVERTISEMENT


आवेदन दिएका ३८ मध्येबाट अस्ट्रेलियन स्ट्रेन्थ एन्ड कन्डिसनिङ एसोसिएसनबाट लेभल २ मान्यता प्राप्त प्रशिक्षक गोहिललाई क्यानले छनोट गरेको हो ।


ADVERTISEMENT

# # #


नेपालले आगामी सेप्टेम्बर दोस्रो साता विश्वकप एकदीवसीय लिग(२ अन्तर्गत ओमानमा घरेलू टोली र अमेरिकाविरुद्ध एकदिवसीय सिरिज खेल्दैछ । त्यसको तयारीका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले १९ सदस्यीय नेपाली टोली छनोट गरेर बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।