काठमाडौँ – नेपालमा सोमबार थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ४४५ पीसीआर परीक्षणका क्रममा २ हजार ६ सय ९ र ६ हजार १ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १ हजार ४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ८४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७१ हजार ८३ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म नेपालमा ३६ लाख ९४ हजार १७९ वटा पीसीआर र ३ लाख ६३ हजार ७४४ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।