काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैसेँपाटीमा आफ्नो १०४ औं शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


सोमबार एक कार्यक्रमका बीच बैँकका सहायक महाप्रबन्धक केशव राज पौडेल, ललितपुर महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरु जङ्ग थापा, नेपाल प्रहरीका भैसेँपाटी क्षेत्र इन्चार्ज लोक बहादुर गुरुङ्ग, बैँकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैँकका बजार विभाग प्रमुख पुष्प राज उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

बैंकले उक्त शाखाबाट आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने जनाएको छ । ११ लाखभन्दा बढी ग्राहकहरु रहेको बैँकले देशभर १०४ शाखा संजाल, प्रादेशिक कार्यालय , १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।