काठमाडौँ – हिमालय एयरलाइन्सको निर्धारित सोमवारको उडान अन्तिम समयमा रोकिएपछि यात्रु अलपत्र परेका छन् । यात्रुहरु पुगिसकेको अन्तिम अवस्थामा एयरलाइन्सले सूचना टाँसेर उडान नहुने बताएको हो ।


ADVERTISEMENT


अन्तिम समयमा उडान क्यान्सिल भएपछि उड्न तम्तयार भएर एयरपोर्टमा पुगेका यात्रु अलपत्र परेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि कोभिडका कारण दुबईले नेपाली उडानमा प्रतिवन्ध लगाएकोमा दुबईस्थित नेपाली दूतावासले आइतवारदेखि उडान खुला गरिएको जनाएको थियो । जसअनुसार एयरलाइन्सले टिकट विक्री गरेकोमा अन्तिम समयमा दुबईले उडानमा रोक लगाएको भन्दै उडान रोकिएको हो ।