मकवानपुर – मकवानपुरमा ५० करोड कोरोनाविरुद्धको खोपका लागि काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्र बानियाँले पहल गरेका छन् ।


ADVERTISEMENT


उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी सो बराबर खोपको माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री श्रेष्ठसँगको भेटघाटमा व्यवसायी, निर्माण क्षेत्रसँग सम्बन्धित मजदुर, औद्योगिक मजदुर, फ्रन्टलाइनर लगायतका लागि खोप माग गरेका हुन् ।

No description available.

मन्त्री श्रेष्ठले तत्काल ५० हजार डोज खोप पठाउने प्रतिवद्धता गरेको नेता बानियाँले जानकारी दिएका छन् । हाल १ लाख खोप मकवानपुरमा आवश्यक भएकोमा तत्काल ५० हजार र विस्तारै बाँकी खोप पठाउने प्रतिवद्धता मन्त्री श्रेष्ठले गरेको जानकारी उनले दिए ।

No description available.

छलफलमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय सभापति लोक मोक्तान, नेता राजेन्द्र घिसिङ लगायतको सहभागिता रहेको थियो ।

No description available.