काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीले सरकारले संदलाई छलेर सरकारको न्यूनतम साझा कार्यक्रम ल्याइएको दाबी गरेका छन् ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले संसद अधिवेशन चालू रहेको र संसदका बैठक भइरहेका बेला सरकारको न्यूनतम साझा कार्यक्रम संसद बाहिर प्रस्तुत गरिएको भन्दै विरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले प्रश्न गरे, ‘संसद किन छल्नु पर्यो ? सरकारले आज किन संसदमा प्रस्तुत गर्न सकेन ? त्यसलाई मान्यता दिने कि नदिने ? त्यसलाई सरकारले प्रस्तुत गरेको हो ठान्ने कि नठान्ने ?’

संसदमा प्रस्तुत गर्दा केही नेताले आफ्नो फोटो नआउने लागेर संसद बाहिर सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरिएको बताए । उनले सरकारको न्यूनतम साझा कार्यक्रम आफूले हेरेको र विभिन्न अनुहार खोजेको बताउँदै भने, ‘त्यहाँ विभिन्न अनुहार देखिन्छन् । तर, नेपाली कांग्रेसको अनुहार कतै पनि छैन । अचम्म लाग्यो ।’

उनले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिर्सेको हो कि भन्दै टिप्पणी गरे । ‘अहिलेको गठबन्धनमा सरकार हुँदा एमसीसी गर्नुभएको थिए जस्तो लाग्छ तपाईंहरुले । सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी मैँले कतै देखिँन । बिर्सिनु भयो कि क्या हो !’

उनले आफूले कतै एमसीसी पास गर्नु पर्छ भनेको क्लिप देखाएर वातावरण बनाउन खोजेको आरोप लगाए । उनले भने, ‘गाली गर्ने फेरि मेरै क्लिप देखाएर वातावरण बनाउ खोज्ने ? सरकारको न्यूनतम कार्यक्रममा एमसीसी के गर्नुहुन्छ भन्नु परेन ?’

उनले अघि थपे, ‘नेपाली जनताले जान्न चाहेका छन्, सम्मानीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ तपाईं ?’

२४ गते साँझ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रुपमा सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजकि गरेका थिए ।