काठमाडौँ– वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा नेपाली राजनितीमा चिनिएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले २ नम्बर प्रदेशको आठै जिल्लामा राहत सामग्री वितरण गरेका छन् ।


ADVERTISEMENT


पुर्वमन्त्री ढकालले प्रदेश २ का आठ जिल्लामा राहत सामाग्री वितरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


परिवार दलका प्रवक्ता सन्तोष पौडेलका अनुसार, उनले उक्त क्षेत्रका झण्डै एक हजार घरपरिवारलाई एक महिनालाइ पुग्ने राहत उपलब्ध गराएका छन् ।

प्रदेश नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा विविधता युक्त मुलुक रहेको बताउदै आपसी सद्भाव, सह–सम्मान र सह–अस्तित्वलेनै नेपाली राष्ट्रियता बलियो हुने जिकिर गरे ।

अध्यक्ष ढकालले कोभिड–१९ पिडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरुलाई राहतस्वरूप खाधान्य सामग्री पनि हस्तान्तरण गरे । मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाध्य सामाग्रीले मधेशका अति बिपन्न परिवारलाई ठुलो राहत मिलेको भन्दै धन्यवाद दिईन् ।

परिवार दलका प्रवता पौडेलले विभिन्न सामाजिक संघ संथाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापुर्वक वितरण गरिएको जानकारी दिए । राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानबअधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो । राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लहान, सप्तरीको महुवा बेलही र राजविराज पुगेका थिए ।

परिवार दलले राहत वितरणमा सहयोग गर्ने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ । दलले यसअघि पनि देशैभरी हजारौको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी शुरक्षाकमी र पत्रकारहरुलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।