काठमाडौँ – नेपालमा मंगलबार थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १३ हजार २ सय १७ पीसीआर परीक्षणका क्रममा ३ हजार १ सय ९४ र ५ हजार ९ सय ६ एन्टीजेन परीक्षणका क्रममा १ हजार ७ सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ९ सय १० पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ३५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा १० हजार १ सय ५० जनाले कोरोना कारण ज्यान गुमाएमा छन् ।

त्यस्तै थप दुई हजार १ सय १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ७३ हजार १ सय ९८ संक्रमित निको भएका छन् । हाल नेपालमा ३७ हजार ३३२ सक्रिय संक्रमित आइशोलेशन र ३८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ७ हजार ३ सय ९६ वटा पिसिआर र ३ लाख ६९ हजार ६५० एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।