काठमाडौँ– नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनरागमन भएको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई आगामी प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।


ADVERTISEMENT


घिसिङले बुधवार कार्यकारी निर्देशकको नियुक्तिपत्र समेत बुझेका छन् । उनलाई आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि उनी ४ वर्षे लामो कार्यकालपछि गत वर्ष भदौमा बिदा भएका थिए । लोडसेडिङ हटाएर नेपाली समाजमा ‘नायक’का रुपमा देखिएका कुलमानलाई दोहोर्याउनुपर्ने माग थुप्रैको थियो । पनुःनियुक्तिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेपछि उनलाई बिदाइ गरि सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नेतृत्व दिएको थियो ।

यद्यपि उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः दोहोर्याउने निर्णय गरेको हो । घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई शाक्यलाई अहिले प्राधिकरणमा पाउँदै आएको तलव सुविधा नघट्ने गरी जल तथा ऊर्जा आयोगको सचिवमा पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसका लागि आयोगको गठन आदेश पनि संशोधन गरिएको छ ।

यो पनि पढ्नुहोस् :

प्राधिकरणमा कुलमानको पुनरागमन, कहाँ जाँदैछन् हितेन्द्रदेव शाक्य ?