तनहुँ- विश्वमै दुर्लभ मानिएको ‘स्पाइनल मस्कुलर एट्रोफ्री’ रोग लागेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ का नौ महिने बालक मुहम्मद उस्मान अलीको उपचारका लागि बुधबार आर्थिक सहयोग प्राप्त भएको छ ।


ADVERTISEMENT


शुक्लागण्डकी–३ का सुरज लम्साल र लम्सालका बुबाको जन्मदिनको अवसरमा लम्सालका पाँच जना साथीको समूह ‘साथीसँग मनका कुरा समूह’ ले उस्मानकी दिदीलाई रु तेह्र हजार पाँच सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


जन्मदिनमा गरिने फजुल खर्च कटाएर साथै अनावश्यक गरिने खर्च जोगाएर उपचारमा छटपटाइरहेका बालक अलीका लागि थोरै भए पनि सहयोग गरिएको बताउँदै सबैले खुला मनले सहयोग गर्नसमेत लम्सालले अपिल गरेका छन् ।

थोपा थोपाबाट समुद्र बन्ने हुँदा सबैको सहयोग भए बालकको उपचार सम्भव हुने लम्सालले बताए । यस्तो किसिमको रोग बिरलै मात्रामा देखिने भएकाले स्थानीयदेखि केन्द्रीय सरकारले आर्थिक तथा सम्पूर्ण उपचारका लागि पहल गर्नुपर्ने उनले सो अवसरमा सुनाए । रासस