बुटवल– लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीबाजी मारेका छन् ।


ADVERTISEMENT


उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै मुख्यमन्त्रीको पद आफ्नो हातमा पारेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।

गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति रहेको छ । यद्यपि अन्य मन्त्रालय बाँडफाँडको काम बाँकी नै छ। पहिलो ८ महिना केसी र २०७८ फागुन २ गतेपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कानोडिया मुख्यमन्त्री बन्ने सहमति रहेको छ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि अन्य तीनसंगै केसीले बिहीबार लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुखसामु मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।