काठमाडौँ– नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पाँच सय भन्दा बढि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले एसईई उतीर्ण विद्यार्थीलाई मध्यनजर गर्दै ल्याएको ‘शिक्षित युवा,संवृद्ध भविष्य’ योजनाअन्र्तगत सो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुने भनिएको उक्त योजनामा समावेश हुन विद्यार्थीले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन सक्नेछन् ।

छात्रवृति दाबी गर्र्ने विद्यानर्थीले आफ्नो आवेदन दिदाँ एसइई पास भएको कागजात अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । आवेदनबाट चुनिएका विद्यार्थीले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृति प्राप्त गर्ने कम्पनीले जनाए ।

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल करिब ४५ लाख ग्राहक गरेको ईसेवाका झण्डै एक करोड ६० लाख ग्राह संख्या रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीलाई इसेवामार्फत नै इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका विभिन्न शुल्क भुक्तानी गन सकिने सेवा सुविधा प्रदान गर्दै आएको छ ।