जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहोर्याएका छन् ।


ADVERTISEMENT


बिहीवार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भीक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडी परेका जनताको अधिकार स्थापीत हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् । उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए ।


ADVERTISEMENT

# # #


मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाई छ । उनले यसअघिको सरकारले सुखि नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए ।

बहुलराष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।