काठमाडौँ – विभिन्न माग राख्दै प्रधानमन्त्री निवास घेराउ गर्न गएका शिक्षकहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


पटक पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउदा पनि कार्यान्वयन नभएको भन्दै आन्दोलनरत नेपाल शिक्षक महासंघले शुक्रबार प्रधानमन्त्री निवास घेराउ गर्ने तयारी गरेका थिए । प्रधानमन्त्री निवास तर्फ जादै गर्दा उनीहरुलाई काठमाडौंको नक्सालबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीले ७० भन्दा बढी शिक्षकलाई नियन्त्रणमा लिएको महासंघले जनाएको छ । आन्दोलनका लागि महासंघले विभिन्न जिल्लाबाट पनि शिक्षकहरुलाई काठमाडौं बोलाएको थियो ।

संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने लगायत माग महासंघले राखेको छ ।

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बीमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि महासंघले अघि सारेको छ ।

यसअघि उनीहरुले ७५३ पालिकामा रिले अनसन गरेको थियो ।