काठमाडौँ – कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


शुक्रबार नेपाली सेनाको प्रधान कार्यालय जंगीअड्डामा कामु प्रधानसेनापति शर्मा र राजदूत क्वात्राबीच शीष्टाचार भेटवार्ता भएको हो । प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।