काठमाडौँ – नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ११ हजार ७०८ पीसीआर परीक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ५२ पुगेको छ ।


ADVERTISEMENT

# # #


यासंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार २ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् । हाल नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइशोलेशन र ४३९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पीसीआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।