काठमाडौँ – नेकपा माओवादी केन्द्रको शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालिक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डले तत्कालिक राजनीतिक र सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृत्तिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले भने, प्रतिगमनकारी कदम असफल भएतापनि प्रतिगमत प्रति सजक रहदै संविधानको रक्षा र कार्यान्वयनका निम्ती बाम सहकार्यलाई अगाडी बढाउने र पार्टीलाई व्यवस्थीत र सदृढिकरण गर्ने र आवश्यक ध्रुविकरणको पहल गर्नेजस्ता विषय समावेश गरिएको छ ।’

माओवादी स्थायी कमिटी बैठक शनिबार साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले बताए ।