काठमाडौँ – नेकपा माओवादी केन्द्रको शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले तत्कालिक राजनीतिक र सांगठानिक प्रतिवेदन गर्ने गर्नुहुने भएको छ ।


ADVERTISEMENT


शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डले तत्कालिक राजनीतिक र सांगठानिक प्रतिवेदन निर्णय गरेको हो । प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनबिरोधी संघर्ष र कम्युनष्टि आन्दोलनमा देखापरेको बिसर्जनबादी प्रवृतिको बिरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।


ADVERTISEMENT

# # #


प्रतिगमनकारी कदम असफल भएतापनि प्रतिगमत प्रति सजक रहदै संविधानको रक्षा र कार्यान्वयनका निम्ती बाम सहकार्यलाई अगाडी बढाउने पनि प्रस्तावमा उल्लेख गरेको उनले बताए । पार्टीलाई व्यवस्थीत र सदृढिकरण गर्ने र आवश्यक ध्रुविकरणको बिषयलाइ पनि प्रचण्डको प्रस्तावमा सामावेश गरिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

माओवादी स्थायी कमिटी बैठक शनिबार साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले बताए ।