एजेन्सी – भारत अँग्रेज शासनबाट स्वतन्त्र भएको ७५ औँ वर्ष पूरा भएको छ, विभिन्न कार्यक्रम गरी भारतमा अमृत महोत्सव मनाइँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहानै राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।


ADVERTISEMENT


स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीले लालकिल्लाबाट राष्ट्रको नाममा सम्बोधन गरेका छन् भने भारतका विभिन्न ठाउँबाट भच्र्युल माध्यमबाट तथा नेपालका लागि भारतीय राजदूतावासहित विभिन्न मुलुक र मुलुकबाहिर अमृत दिवस मनाइँदैछ ।


ADVERTISEMENT

# # #


75th Independence Day: Full schedule of events at Red Fort | Deccan Herald

लालकिल्लामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस दिवसले भारत विभाजनको त्रासलाई बिर्सिन नसकिने बताउँदै भेदभाव, दुश्मनी, दुराचार अन्त्य गरी सामाजिक सद्भाव, एकता र भातृत्व बलियो बनाउने कामना गरेका छन् ।

India Independence Day 2021 Live Updates: India's 75th Independence Day | 75th  Independence Day | 'Sabka Prayaas' Vital for Achieving Goals: PM Modi

उनले विश्व महामारीका रुपमा देखिएको कोभिडका कारण भारतमा पनि असर गरेकोमा सरकारले कोभिडविरुद्ध सफलतापूर्वक लडिरहेको उनले बताए । लालकिल्लामा इतिहासमै कम व्यक्तिको उपस्थितिमा आज स्वतन्त्रता दिवस मनाइँदै गरेकोमा उनले कोभिड महामारीमा खटिने डाक्टर, नर्स, प्यारामेडिकल स्टाफ, सरसफाइ कर्मचारी र औषधि तथा खोप उद्योगीलाई धन्यवाद व्यक्त गर्दै स्वतन्त्रता दिवसलाई सम्बोधन गरेका हुन् ।

75th Independence Day PM Modi to lead from Red Fort Azadi Ka Amrit Mahotsav  | India News – India TV