काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिक स्कुलमा अब छात्रा पनि पढ्न पाउने घोषणा गरेका छन् ।


ADVERTISEMENT


भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले हालसम्म सैनिक स्कूलमा छात्रहरुले मात्रै पढ्न पाउने व्यवस्था बदल्दै छात्रालाई पनि पढ्ने व्यवस्था मिलाउने बताए ।


ADVERTISEMENT

# # #


उनले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास’ नाराका साथ सबै सैनिक स्कूलमा छात्राले पनि पढ्न पाउने बताए । उनले युवालाई रोजगारीका लागि ‘पीएम गति शक्ति’ कार्यक्रमको पनि घोषणा गरेका छन् ।

कोभिडका कारण इतिहासमै पहिलोपटक थोरै जनाको उपस्थितिमा लालकिल्लामा कार्यक्रम गरिएकोमा कार्यक्रममा पहिलोपटक एमआई हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो ।